नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न ४ कम्पनी छनोट, कुन कुन ?

मंगलबार, ०७ मंसिर २०७८, १४ : १७

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्न अन्तराष्ट्रिय परामर्शदाताहरुको प्रस्तावमा चार वटा कम्पनी छनोटमा परेका छन । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नका लागि माग गरेका ४ कम्पनीहरु सर्टलिस्टको सूचीमा परेका हुन् ।

प्राधिकरणले चार कम्पनीको प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कन छनोट गरेको हो । प्राधिकरणमा ८ वटा कम्पनीहरुले आशय पत्र पेश गरेका थिए ।

ती मध्ये प्राधिरकणले ४ कम्पनीहरुलाई आफ्नो योजना अनुसारको विवरण पेश गर्नका लागि छनोट गरेको छ।

नेपालको आफ्नै भू उपग्रह प्रक्षेपण गर्नका लागि त्यसको नियमन,कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।

छनोटमा परेका कम्पनीहरुमा फ्रान्सको यूरोकन्सल्ट,टर्कीको टिआरकेस्याट (टिटिजी), दुबईको एसथ्रीटेल र थाइल्याण्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन्।

यसमध्ये यूरोकन्सल्ट,एसथ्रीटेल इंक यसअघि प्राधिकरणले माग गरेको आशयपत्रको प्रतिस्पर्धामा समेत सहभागी थिए।
 

मंगलबार, ०७ मंसिर २०७८, १४ : १७

प्रतिक्रिया