नेपाल टेलिकमको सञ्चालकमा उत्तमकुमार खत्री नियुक्त

सोमबार, १३ मंसिर २०७८, १४ : ०२

काठमाडौं - नेपाल टेलिकमको सञ्चालकमा उत्तमकुमार खत्री नियुक्त भएका छन् । 

यसअघि पनि संचालक भैसकेका सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव खत्रीलाई नेपाल सरकारले नियुक्त गरेको हो ।

खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिम साता सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका हुन् । 

नेपाल टेलिकमको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले अध्यक्षता गर्छन् । 

सोमबार, १३ मंसिर २०७८, १४ : ०२

प्रतिक्रिया