भविष्यको पुनः चित्रण गर्दै, डिसेम्बर १४–१५मा ओपोद्वारा पहिलो भर्चुअल ईन्नो वल्र्ड मार्फत ओपो ईन्नो डे २०२१को आयोजना गरिने

२ बर्ष अगाडि

काठमाडौं, चीनको शेङचनमा यही डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो वार्षिक ओपो इन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ।

रणनीतिक अद्यावधिक सेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष वार्षिक प्राविधिक समारोहका रुपमा ओपो इन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाइन इन्नो वर्ल्डमार्फत विश्वभरबाट सहभागिताको अपेक्षा गरिएको छ। यो भर्चुअल लञ्च इभेन्ट हालका वर्षहरुमै सर्वाधिक अन्तर्क्रियात्मक समारोह हुने आशा गरिएको छ। 


सन् २०१९ मा पहिलोपटक ओपो इन्नो डेको सुरुआतसँगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ। ओपो इन्नो डेको उद्घाटनमार्फत ओपोले एआर ग्लासेज, फाइभजी सीपीई र स्मार्टवाट्चलगायत आफ्ना अभूतपूर्व प्राविधिका एकीकृत इकोसिस्टमक प्रदर्शित गरेको थियो। पछिल्लो वर्ष ओपोले क्रान्तिकारी रोलेबल फोनलगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो। सन् २०२१ का लागि ओपोले आफ्ना लन्च इभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाइज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल इभेन्टको अन्तर्क्रियात्मक विश्वमा परिमार्जित गरेको छ। 

ओपो इन्नो वर्ल्ड, ओपो इन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो। ओपो इन्नो वर्ल्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्ली सहभागिता जनाउन सक्नेछन्। तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्र रुपमा अवलोकन गर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको जानकारी दिइएको छ। 

अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिककरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका इस्टर एगको खोजी पनि गर्न सक्नेछन्। ओपो इन्नो वर्ल्ड डिसेम्बर १४ देखि पूर्णतः पहुँचयोग्य हुने ओपोले जानकारी दिएको छ। 

इच्छुक आगन्तुकले अहिले नै ओपो इन्नो वर्ल्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १४ र १५का दिन ओपोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन्। 

२ बर्ष अगाडि

प्रतिक्रिया