खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन-१३

२ बर्ष अगाडि

काठमाडौं - अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले आइफोन जित्ने अफर 'खल्ती मा आइफोन-१३' अफर र ५० रुपैयाँमा १ लाख खल्ती प्वाइन्ट्स पाउने अफर सुरु गरेको छ ।

डिसेम्बर ५ देखि सुरु भएको उक्त अफर १४ जनवरीसम्म सञ्चालन हुनेछ । अफरमा सहभागि हुनका लागि एपको फिचर्ड सर्भिसेजमा गई 'खल्ती मा आइफोन' बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने हुन्छ ।

उक्त रकम रिचार्ज भएको नम्बर विेता बन्नका लागि एकभन्दा धेरै पटकसम्म रिचार्ज गर्न सकिने खल्तीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अफरमा सहभागि सबै प्रयोगकर्तामध्येबाट एक जनालाई आईफोन १३ वितरण गरिनेछ ।

दैनिक रुपमा एक जनाले १ लाख खल्ती प्वाइन्ट्स पाउने खल्तीले जनाएको छ । यसका लागि खल्तीमा प्रयोगकर्ताले केवाईसी भेरिफाई गराएको हुनु पर्ने बताइएको छ ।

'खल्ती मा आइफोन-१३' अफर सकिएको एक साता पछि खल्तीको फेसबुक पेज लाइभमार्फत विजेटा घोषणा गरिनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया