भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेट सहित भायाटिभी मात्र रू. १२५० मा !

विहीबार, २३ मंसिर २०७८, १६ : ३२

काठमाडौं, ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले ल्याएको छ, अल्ट्रा–फाई लाइनका प्रोडक्टहरु ! यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।

अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र रू. १२५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क( अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको इल्ग्क मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदै छ । 

अधिक जानकारीको लागी  www.vianet.com.np/ultrafi

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो । 
 

विहीबार, २३ मंसिर २०७८, १६ : ३२

प्रतिक्रिया