नेपाली बजारमा बढ्यो विद्युतीय चुल्होको माग, १ हजार देखि ११ हजार सम्ममा पाइन्छ

शनिबार, २५ मंसिर २०७८, ०७ : ४५

काठमाडौं - सरकारले विद्युत उपभोग बढाउन विद्युतीय चुल्हो प्रयोगमा जोड दिन थालेपछि नेपाली बजारमा विद्युतीय चुल्होको माग बढ्न थालेको छ । बजारमा चुल्होको माग बढ्न थालेपछि विभन्न कम्पनीहरुले करिब दर्जन ब्रान्डका विद्युतीय चुल्होहरु आयात भएका छन् ।

अहिले बजारमा भारत र चीनबाट आयात भएका विद्युतीय चुल्होहरु पाइन्छन् । भन्सार विभागका अनुसार अहिले नेपाली बजारमा बाल्ट्रा, यसुदा, सोभन, अम्रित, फिलिप्स, सनसाइन, ओमेगा, प्रिस्टिज, डाइमण्ड लगायत ब्राण्डका चुल्होहरु धेरै मात्रामा आयात हुने गरेका छन् ।

नेपालमा विशेषगरी २०७२ सालमा भारतले अघोषित नाकबन्दी लगाए पश्चात विद्युतीय चुलोको माग बढ्न थालेको हो । अहिले बजारमा विभिन्न ब्रान्डका विद्युतिय चुलोहरु उपलब्ध रहेका छन् । 

ग्राहकले आफ्नो क्रय क्षमता अनुसार न्यून मूल्य देखि उच्च मूल्य खर्च गरेर विद्युतीय चुलो खरिद गर्न सक्छन् । अनलाइन बिक्रेता दराजमा कायम गरिएको मूल्य अनुसार नेपाली बजारमा न्यूनतम १ हजार १८० रुपैयाँ देखि ११ हजार ५०० सम्मका विद्युतिय चुलो पाइन्छ ।

उक्त अनलाइनले १ हजार ८०० रुपैयाँ, ३ हजार, ५ हजार देखि ११ हजार ५०० रुपैयाँ सम्मका विद्युतिय चुलो बिक्री गर्दै आइरहेको छ ।

शनिबार, २५ मंसिर २०७८, ०७ : ४५

प्रतिक्रिया