काठमाडौं, नेटफ्लिक्सले आफ्नो प्लानको मूल्य घटाएको छ । कम्पनीको १ महिनाको मोबाइल प्लान मात्र १४९ रुपैयाँ भारुमा पाइने छ । जुन यसअघि १९९ रुपैयाँ भारु रहेको थियो ।
योसँगै नेटफ्लिक्स बेसिक प्लानको मूल्य ३०० रुपैयाँले १९९ रुपैयाँ भारु घटाइएको छ । कम्पनीले नयाँ योजनालाई ‘ह्याप्पी न्यू प्राइस’ नाम दिएको छ । नयाँ दर आजदेखि लागू भएको छ । अमेजन प्राइम सदस्यता डिसेम्बर १४ देखि महँगो भएको छ । कम्पनीले प्राइम सब्सक्रिप्शन प्लानको मूल्य ५० रुपैयाँदेखि ५०० रुपैयाँ भारुसम्म बढाएको छ । अब प्रयोगकर्ताहरूले नयाँ वेब सिरिज र चलचित्रहरू हेर्नको लागि धेरै पैसा खर्च गर्नुपर्नेछ । एजेन्सी ।
प्रतिक्रिया