काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागी ९ जनाले आवेदन दिएका छन् ।
जसमा टेलिकमकै पूर्व प्रबन्ध निर्देशक भइसकेका बुद्धि आचार्यले पनि दरखास्त बुझाएका छन् भने टेलिकमकै व्यवसायिक अधिकृत संगिता पहाडीले पनि प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी छन् ।
त्यस्तै, खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले पनि प्रबन्ध निर्देशक पदको दौडमा छन् ।
टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।
हाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वोच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ ।
प्रतिक्रिया