काठमाडौं- आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मूल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षका अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ।
स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रु. १० हजार उपहारस्वरूप प्राप्त गर्नेछन्।
त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन्। यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले रु. ४० हजार बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन्।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउनेछन्। यो योजना आज डिसेम्बर २३ देखि फेब्रुअरी ४ सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ भने सोसम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेब पेजहरुका अतिरिक्त आमसञ्चार माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया