नेपाली बजारमा ‘पोको सी३१’ सार्वजनिक

शनिबार, १७ पुस २०७८, १९ : ५४

काठमाडौं - साओमी नेपालले नेपाली बजारमा पोको ब्राण्डको नयाँ स्मार्टफोन ‘पोको सी३१’ सार्वजनिक गरेको छ । कम्पनीले शनिबार ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन सार्वजनिक गरेको हो ।

१५ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने यो फोनको पछाडि १३ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा छ । त्यस्तै ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

६.५३ इन्च एचडी प्लस डिस्प्ले रहेको फोनमा २०ः९ आस्पेक्ट रेसियो रहेको छ । मिडियाटेक हेलियो जी३५ प्रोसेसरबाट सञ्चालित फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ ।

शनिबार, १७ पुस २०७८, १९ : ५४

प्रतिक्रिया