यहि जनवरी वनप्लस १० प्रो सार्वजनिक हुँदै

शनिबार, १७ पुस २०७८, २० : ०५

काठमाडौं - सन् २०२२ मा वनप्लस १० प्रो सार्वजनिक हुँदैछ । हालै बाहिर आएका केही खबरका अनुसार वनप्लस १० प्रो अबको दुई हप्ताभित्र सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले जनवरीमा सार्वजनिक गर्ने बताए पनि यकिन मितिबारे आधिकारिक जानकारी भने दिएको छैन ।

चिनिया सोसल नेटवर्किङ वेबसाइट विबोमा सार्वजनिक भएको एक भिडिओको अनुसार भने वनप्लस १० प्रो जनवरी ११ मा सार्वजनिक हुने तयारीमा छ ।सो भिडिओ कसले बनाएको हो भन्ने विषयमा केही जानकारी नभए पनि भिडिओ हेर्दा भने आधिकारिक देखिन्छ ।

 कम्पनीले पनि जनवरीमा नै सार्वजनिक गर्ने भन्ने कुरालाई आधार मान्ने हो भने यो फोन जनवरी ११ मा नै सार्वजनिक पनि हुनसक्छ । बाहिरिएको भिडिओ अनुसार यो फोन सुरुमा चिनियाँ बजारको लागि मात्र सार्वजनिक हुनेछ भने विस्तारै अन्य देशमा भने केही समयपछि उपलब्ध हुनेछ ।

यदि यो फोन जनवरी ११ मा सार्वजनिक भयो भने सन् २०२२ मा सार्वजनिक हुने पहिलो स्मार्टफोन नै वनप्लस १० प्रो हुनेछ ।

शनिबार, १७ पुस २०७८, २० : ०५

प्रतिक्रिया