एजेन्सी - ब्ल्याकबेरी अब सधैंका लागि बन्द हुने भएको छ । योभन्दा अगाडि बन्द हुने विषयमा धेरै चर्चा चले पनि योपटक भने धैंका लागि बन्द हुँदैछ ।
कम्पनीले एक सूचना जारी गर्दै जनवरी ४ देखि ब्ल्याकबेरी ७।१ सफ्टवेयरमा आधारित कुनै पनि फोन, ट्याब्लेटहरू चल्ने छैनन् । वाई(फाई वा डेटा वा सिम नै भएपनि ब्ल्याकबेरीका कुनै पनि उत्पादन अब चल्ने छैनन् ।
यद्यपि एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ब्ल्याकबेरी फोन भने चल्ने बताइएको छ । सन् २००० को अन्त्यसँगै ब्ल्यकबेरीको बजारमा पनि खस्किँदै गएको थियो । समयसँगै यसले आफ्नो डिजाइन लगायत अन्य फिचरलाई परिवर्तन गर्न नसक्दा यो फोनले बजार पाउन सकेको थिएन ।
यद्यपि सन् २०१३ मा कम्पनीले नयाँ अपरेटिङ सिस्टमसहित फोनलाई अपग्रेड गर्ने प्रयास गर्दै ब्ल्याकबेरी १० बजारमा ल्याएको थियो । तर प्रयोगकर्ताले यसलाई त्यति मन पराएनन् । त्यसपछि सन् २०१६ मा थर्ड पार्टी कम्पनी टीसीएलसँग मिलेर ब्ल्याकबेरीले बजारमा नयाँ फोन ल्याउने प्रयास पनि सफल हुन सकेन ।
सन् २०२० मा अनवार्ड मोबिलिटी नामक कम्पनीसँग मिलेर फाइभजी ब्ल्याकबेरी ल्याउने कुरा पनि छलफलमा नै सीमित भएपछि अब भने यो ब्राण्ड सधैंका लागि बन्द हुँदैछ ।
प्रतिक्रिया