ओपो ईन्नो डे २०२१ले जित्यो एफओटीडी अवार्ड

२ बर्ष अगाडि

काठमाडौं-ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ । डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५ सय ब्यवसायिक निर्णायकहरु सम्मिलित रहेका छन् । तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने गर्छन् ।

ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ । 

“मोबिअस स्ट्रिप”को अवधारणामा आधारित एक अनलाइन ईभेन्टका रुपमा ओपो ईन्नो डे २०२१ भर्चुअल जगत्मा आयोजित आफ्नो किसिमको पहिलो र पृथक कार्यक्रमका रुपमा रहेको छ । डिजिटल र रोमाञ्चक ईन्नो वल्र्डले आगन्तुकलाई अभूतपूर्व अन्तरक्रियात्मक अनुभव प्रदान गरेको छ । यसले अनलाइन भर्चुअल जगत्को आगमन हुँदैछ भन्ने सन्देश दिएको छ ।’–एफडब्ल्यूए

 मोबिअस स्ट्रिप”को अवधारणामा आधारित ओपो ईन्नो डे २०२१ले आगन्तुकलाई अभूतपूर्व अन्तरक्रियात्मक अनुभव प्रदान गरेको छ ।

ओपो ईन्नो डे २०२१को आयोजना डिसेम्बर १४–१५मा ओपो ईन्नो वल्र्डमा गरिएको थियो । ईन्नो वल्र्डमा आगन्तुकले आफ्नो ईच्छा अनुसार अवतार अनुकूलन गर्ने, तस्विर खिच्ने तथा नयाँ ओपो एयर ग्लास, ओपो फाइन्ड एन तथा अन्य अत्याधुनिक प्रविधिहरुको अनुभव लिन सक्थे । साथै, ईन्नो वल्र्डमा तिनले समय र भौतिक सीमाहरु पार गर्ने अनुभव समेत बटुलेका थिए । तिनले स्वतन्त्ररुपमा च्याट गर्ने, विश्वभरका अन्य मानिससंग अन्तरक्रिया गर्दै ईमोजी पठाउने तथा आफ्नो ब्यक्तित्व समेत झल्काउने अवसर प्राप्त गरेका थिए । ईन्नो डे २०२१मा २५ लाख आगन्तुकले ईन्नो वल्र्डको भ्रमण गरी ओपोका नवप्रबर्तनको अनुभव गरेका थिए । ईन्नो वल्र्ड हालपनि अनलाइनका माध्यमबाट उपलब्ध रहेको छ । तसर्थ, प्रयोगकर्ताले अझैपनि यसका माध्यमबाट रोमाञ्चक भर्चुअल अन्तरक्रियाको मज्जा लिन सक्छन् । 

आगन्तुकहरु ओपो ईन्नो वल्र्डमा ईन्नो डे २०२१ अवलोकन तथा अन्य प्रयोगकर्ताहरुका साथमा अन्तरक्रिया गर्दै
फेवरेट वेबसाइट अवार्ड, एफडब्ल्यूएको स्थापना ईंग्ल्यान्डको यूकेमा सन् २००० मेमा भएको थियो । पछिल्लो २२ बर्षमा एफडब्ल्यूएले आधिकारिक एफओटीडी (एफडब्ल्यूए अफ दि डे), एफओटीएम (एफडब्ल्यूए अफ दि मन्थ), एफओटीवाई (एफडब्ल्यूए अफ दि ईयर) र पिपुल्स च्वाइस अवार्ड्स दैनिक, मासिक र बार्षिक आधारमा वितरण गर्दै आइरहेको छ । यसले डिजिटल डिजाइन तथा वेब डेभलपमेन्ट क्षेत्रमा विश्वभरका डिजाइनरहरुलाई निरन्तर अभिप्रेरित गरिरहेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया