काठमाडौं - लामो समयदेखि बक्यौता तिर्न नसकेको टेलिकमलाई सरकारले आफ्नो अधिनमा लिने भएको छ । सरकारले आफ्नो अधिनमा लिनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका मन्त्रालय र दूरसञ्चार प्राधिकरणको लामो गृहकार्यपछि दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ मन्त्रिपरिषदमा पुगेको छ ।
लाइसेन्स होल्ड गरेर बसिरहेका सेवाप्रदायकलाई व्यवस्थापन गर्न सरकारले यो रणनीति अपनाएको हो । अब लामो समयदेखि सेवा सञ्चालन नगरी बसेका तथा बक्यौता तिर्न नसकेको स्मार्ट टेलिकम तथा नेपाल स्याटलाइट टेलिकम लगायतका सेवाप्रदायकलाई सरकारको स्वामित्वमा ल्याएर सम्पती व्यवस्थापन गरिने छ ।
हाल स्मार्ट टेलिकमसँग २२ लाख प्रयोगकर्ता रहेका छन् । स्मार्ट टेलिकमको आर्थिक अवस्थाको बारेमा मन्त्रालय र प्राधिकरणले थप अध्ययन समेत गरिरहेको छ ।
स्मार्ट टेलिकमका २२ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता र सयौको सङ्ख्यामा टावरहरु छन् । त्यस्तै, यसअघि मन्त्रिपरिषद्को निर्णयका आधारमा स्मार्टको आर्थिक अवस्थाको विषयमा अध्ययन समेत भएको छ । सरकारले स्मार्ट टेलिकमले लाइसेन्स नविकरण र रोयल्टी लगायत आफ्नो दायित्व पुरा गर्न नसेक अनुमति पत्र विहिन घोषणा गर्नेछ ।
स्मार्ट टेलिकमले सरकारलाई ५ अर्ब बक्योता तिर्न बाँकी छ । विगत लामो समयदेखि सीजी टेलिकमले लाइसेन्स लिन कसरत गरिरहेपनि पाउन सेकेको छैन । सीजीलाई जिएसएम सेवा दिन ८०० र ९०० व्यान्डको फ्रिक्वन्सी आवश्यक पर्छ जुन स्मार्ट टेलिकमसँग छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।