नेपालमा कुन कुन सामानमा भन्सार छुट पाइन्छ? (सूची सहित)

मंगलबार, १५ माघ २०७५, १२ : २२


नेपालमा भने जस्तो राम्रो रोजगारी नपाएर विदेशिने युवा दिनप्रति दिन बढ्दै छन्। तर नेपालमा नै केही गर्छु भन्ने व्यक्तिका लागि विभिन्न विकल्प र अवसरहरू पनि यहिनै छ। विदेशबाट फर्किएर नेपालमा व्यवसाय गर्न चाहने व्यक्ति वा यहि बसेर व्यवसाय गर्न चाहने दुवैले विदेशबाट समान आयात गरेर यहाँ बेच्ने वा सानोतिनो उद्योग जस्तै दाना बनाउने, ई-रिक्सा जस्ता विद्युत,सोलार वा ब्याट्रीबाट चल्ने सवारी साधन बनाउने, तयारी पोसाक आयात गरेर बेच्ने, जस्ता उद्योग पनि संचालन गर्न सक्छन्।

सामान वा उद्योगलाई चाहिने उपकरण आयात गर्नलाई ठुलो भन्सार महसुल तिर्नुपर्छ भनेर धेरैलाई लाग्न सक्छ। तर केही यस्ता सामान/ वस्तु पनि छन् जसको आयात गर्दा भन्सार महसुल लाग्दैन वा लागिहाले पनि १% मात्र भन्सार शुल्क लाग्छ। माथि भनिएका उद्योगमा प्रयोग हुने कतिपय वस्तु/उपकरणमा भन्सार पुरै छुट हुने वा एकदम कम लाग्ने हुन्छ। यो लेखमा हामी तिनै भन्सार महसुल छुट हुने वा १ % मात्र लाग्ने वस्तुका बारेमा जानकारी दिन्छौँ।

भन्सार महसुल पूर्ण छुट हुने:
विद्युत सोलार वा ब्याट्रीबाट मात्र चल्ने तीन पांग्रे वा चार पांग्रे सवारी वा ढुवानी साधन उत्पादन गर्ने गरी दर्ता भएका उद्योगले ल्याउने मोटर र व्याट्री चार्जर मा लाग्दैन। जस्तै यदि तपाईले ई-रिक्सा बनाएर बेच्ने सोच बनाउनुभएको छ भने यसमा चाहिने ब्याट्री, चार्जर र मोटरमा पैसा लाग्दैन
दृष्टिविहीनहरूले प्रयोग गर्ने सामग्रीहरू
–स्लेटस्टाइलस
–ब्रेल घडी
–नोट टेकर
–ब्रेलो (ब्रेल प्रिन्टर)
–रङ्ग सूचक, पानी सूचक र प्रकाश सूचक यन्त्रहरू
–आवाज दिने थर्मोमिटर
–ब्रेल टाइपराइटर
–ब्रेल घडी
–मेग्नीफाइङ्ग ग्लास
–ब्रेल कम्पास
–ब्रेल पुस्तक
अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने वस्तुहरू
–कमोड चियर
–वाकर
–ट्राई साइकल
–बैशाखीहरू
–इलेक्ट्रिक ह्विल चियर

भन्सार महसुल एक प्रतिशत मात्र लाग्ने:
–दाना तथा पशुपंक्षी उद्योगले नेपालमा नै प्रयोग गर्ने गरी आयात गर्ने फिड सप्लीमेन्टको कच्चा पदार्थ र चून ढुंगाको धुलो
–सवारी प्रदूषण कम गर्ने उद्देश्यले सवारी साधनमा प्रयोग गर्ने क्याटलिक कन्भर्टर र म्याग्नेटाइजर
–तयारी पोशाक निर्यात गर्ने उद्योगले ल्याउने भ्याकुम आइरनिङ टेवुल र स्टीम आइरन
–चिया उद्योग संचालन गर्नेले आयात गर्ने मेसिनका पार्टपुर्जाहरू, चिया प्याकिङ्गको लागि उद्योगको नाम छपाई गर्ने मेसिन र सम्पूर्ण सामग्री र  प्याकिङ्ग मेटेरियल
–प्रयोग भईसकेका झुत्रा प्लाष्टिक तथा प्लाष्टिकका पत्रुलाई पुनः प्रशोधन गर्नका लागि चाहिने मिल मेशिनरी तथा उपकरण

तपाईँले माथि उल्लेखित सामग्रीहरू आयात गरेर नेपालमा बिक्री गर्दा भन्सार शुल्कमा पूर्ण रूपमा छुट हुने वा लागेपनि १ प्रतिशत मात्र लाग्ने हुन्छ। यसै अनुसार तपाईँले व्यवसाय सुरु गर्न सक्नुहुन्छ।

 

मंगलबार, १५ माघ २०७५, १२ : २२

प्रतिक्रिया