२ लाख ५६ हजार बढिले लिए वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको चैत्र महिना सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर २ लाख ५६ हजार ३१ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले बढेर २ लाख ०६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले घटेर ८ खर्ब ८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया