मर्करी मेना कम्पनीमा नेपाली कामदारले लिन बाँकी वक्यौता रकम बुझ्नका लागि कतार सरकारको आग्रह

१ बर्ष अगाडि

काठमाडौं - कतार सरकारले मर्करी मेना कम्पनीमा नेपाली कामदारले लिन बाँकी वक्यौता रकम बुझ्नका लागि आग्रह गरेको छ ।

रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने छ ।

बाँकी रकम लिनका लागि वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सकिने जनाइएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया