रोमानियाले माग्यो पुरुष महिला नेपाली कामदार, मासिक तलब ८० हजार बढि

१ बर्ष अगाडि

काठमाडौं - रोमानियाले नेपाली कामदारको माग गरेको छ । jordan river recruitment srl कम्पनीले विभिन्न पदका लागि ४३ जना पुरुष र ४ जना महिला गरी जम्मा ४७ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ८० हजार बढि पाउनेछ । इच्छुक कामदारले टाइम्स मेनेजमेन्ट सिस्टम प्रालिको कार्यालय टोखा काठमाडौंमा जेठ ९ र १० गते हुने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया