जापानमा नेपाली पुरुष महिला कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ७९ हजार बढि

१ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि ८ जना पुरुष र ४ जना महिला गरी जम्मा १२ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ३९ हजार माथिदेखि एक लाख ७९ हजार बढि पाउनेछन् । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले क्यापिटल इन्टरनेशनल मेनपावर प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा जेठ ५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

 स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार  आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

 
 

१ बर्ष अगाडि

प्रतिक्रिया