गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन, दुई जहाज अवतरण

१ बर्ष अगाडि

काठमाडौं - रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक उद्घाटन गरिएको छ।

यस दिन काठमाडौंबाट कमर्सियल उडान गरेको नेपाल वायुसेवा निगम (नेवानि) को पहिलो जहाज बिहान ६ बजेर ५५ मिनेटमा अवतरण भएको थियो । त्यसैगरी, दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेको विमानस्थल कार्यालयले बताएको छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया