विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेसका नागेश कोइराला निर्वाचित, उपमेयरमा एमालेका  शिल्पा कार्की विजयी

१ बर्ष अगाडि

विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेद्वार नागेश कोइराला निर्वाचित भएका छन् भने उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छिन् ।

मेयरमा काङ्ग्रेस उम्मेद्वार नागेश ३० हजार १७० मत सहित विजयी भएका हुन् । उनी आफ्ना प्रतिद्वन्द्वी भन्दा ८७१५ मतले विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाएका छन् ।

यता उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की ११ हजार ४६१ मत अन्तरले विजयी भएकी छिन्। कार्की २५ हजार ६८० मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया