४० रन नपुग्दै गुमायो नेपालले चार विकेट

शुक्रबार, १८ माघ २०७५, १७ : २२


टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले चौथो विकेट पनि गुमाएको छ ।

चौथो विकेटको रुपमा नेपालले करण केसीलाई गुमाएको हो । करण केसी २० रनमा आउट भए ।

नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्यमै आउट भएका थिए ।

आठौं ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा ३९ रन बनाएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।

शुक्रबार, १८ माघ २०७५, १७ : २२

प्रतिक्रिया