बिटक्वाइनको भाउ झरेर २० हजार डलर तल

१ बर्ष अगाडि

काठमाडौं- विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिले निरन्तर ओरालो लागेको छ ।  अहिले यसको भाउ २० हजार डलरभन्दा तल झरेको छ। 

क्वाइन मार्केट क्यापको डाटा अनुसार बिटक्वाइनको मूल्य हाल १९ हजार ३२२ डलर आसपास छ। यही इथेरियमको मूल्यमा पनि व्यापक गिरावट आएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य अहिले १ हजार ७ डलरको तल्लो स्तरमा रहेको छ। 

यी क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटका कारण तिनीहरुको बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ।

पछिल्लो २४ घन्टामा बिटक्वाइनको मूल्य ८.२८ प्रतिशतले घटेको छ भने ७ दिनमा ३० प्रतिशतभन्दा बढीले घटेको छ। यसरी अहिले बिटक्वाइनको मार्केट क्याप ३६७.६८ अर्ब डलरमात्रै छ। 

त्यस्तै इथरियमको मूल्य पनि पछिल्लो २४ घन्टामा ८.३० प्रतिशत र ७ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। यसरी यसको मार्केट क्याप अहिले १२१.९५ अर्ब डलरमा झरेको छ।

पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो गिरावट सेल्सियसमा देखिएको छ । यसको मूल्य १८.४७ प्रतिशतले घटेको छ। अब यसको मूल्य घटाएर ५३ सेन्ट गरिएको छ । यही बेला बीएनबी, एक्सआपी, सोलाना, पोल्काडट र ट्रनजस्ता क्रिप्टोकरन्सीहरु मार्केट क्याप न्यून विन्दुमा झरेको छ। –एजेन्सी

१ बर्ष अगाडि

प्रतिक्रिया