काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सचिवालयको २० औँ बैठकले भेनेजुएला प्रकरणमा नेकपाको धारणा सार्वजनिक गरेको छ ।
विगत केही दिन पहिले नेकपा अध्यक्ष कमरेड पुष्पकमल दाहालले भेनेजुएला प्रकरणको सम्बन्धमा एक विज्ञप्ति जारी गरेसँगै चुलिएकाे विवादलाई नेकपाले विज्ञप्ति मार्फत नै पार्टीको धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्र संघको वडापत्र र पञ्चशीलका सिद्धान्त प्रति मुलुक सदा प्रतिबद्ध रहँदै आएको स्मरण गरेको छ । नेकपाको विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धको प्रश्नमा कुनै अन्यौल र दुविधा नरहेको प्रष्ट पारेको छ । साथै हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै आएको विज्ञप्तीमा जनाएको छ ।
यस्तो छ विज्ञप्ति:
प्रतिक्रिया