सिन्धुपाल्चोक- प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मन्त्री खड्का जनताको पक्षमा शसक्त काम गर्ने मन्त्री भएको बताएका छन् । बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते उर्जामन्त्री खड्काले स्थलगत अवलोकन गरेको भन्दै बस्नेतले प्रशंसा गरेका हुन् ।
‘अरु मन्त्री कुरा गर्छन, उहाँ एक्सन ओरिन्टेड हुनुहुन्छ, त्यसैले पहिलो पटक स्थलगत अवलोकनमा आउने वित्तिकै यो आउने बर्षाले थप क्षति नपुराओस भनेर १६ करोड भन्दा बढीको ठेक्का मेरै अनुरोधमा गर्न लाग्नुभएको छ ।’, सांसद बस्नेतले भने । सिन्धुपाल्चोक वासीको तर्फबाट धन्यवाद दिदै सांसद बस्नेतले यो बजेटमा बाढी प्रभावित हेलम्बु, मेलम्ची र सिपाघाटदेखि भीमटार क्षेत्रमा करोडौं बजेट विनियोजन हुने बताए ।
बर्षाअघि नै तटबन्धको लागि स्थानीय तहबाट माग भएपछि मन्त्री खड्काको निर्देशनमा बजेटको सुनिश्चिता भएपछि स्थानीय सागरकुमार श्रेष्ठले भने( धेरै मन्त्री आए(गए तर काम गर्ने मन्त्री दिपक खड्का पो हुनुहुदो रहेछ । बोलेअनुसार काम गर्ने मन्त्री भएको कामले नै पुष्टी गर्न लाग्नुभएको छ । म धन्यवाद दिन चाहान्छु ।
हेलम्बुका स्थानीयवासी एवं पत्रकार विष्णु खड्काले बाढी प्रभावित क्षेत्रमा सरकारले ध्यान दिने हो भने तत्काल पूर्ननिर्माण र तटवन्धको काम अगाडी बढाउनुपर्ने बताउनुभयो । स्थलगत भ्रमणको ३ दिनभित्रै १६ करोडको ठेक्का खोल्ने मन्त्री खड्काको निर्देशनलाई स्वागत गर्दै बर्षायाममा हुने क्षति रोक्न यसले ठुलो सघाउ पुग्ने बताए ।
मन्त्री खड्काको निर्देशनमा हेलम्बु मेलम्ची भेगको विकासका लागि आउने आर्थिक बर्षमा करोडौं रकम विनियोजन गर्नका लागि पहल गरिरहेको उनले बताए ।
मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो भने हजारौ रोपनी जग्गा बगाएको थियो । अर्बोको धनजनको क्षति भएपनि सरकारले पर्याप्त ध्यान नदिदाँ बाढी प्रभावित क्षेत्रको विकासमा खासै काम हुन सकेको थिएन ।
तर बजेटको ब्यस्त समयमा पनि मन्त्री खड्का आफैं मन्त्रालयको टिम लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर काम गर्ने प्रतिवद्ता जनाएपछि स्थानीयहरुमा खुसीको सञ्चार भएको छ । मन्त्री खड्का यसअघि खानेपानी राज्यमन्त्री हुदाँ पनि मेलम्ची र हेलम्बु क्षेत्रमा पुगी विकासको काममा सारथि बनेका थिए भने रोकिएको मेलम्ची आयोजनाको काम खड्काकै पहलमा तत्कालीन समयमा अगाडी बढेर हेलम्बुबाट पानी सुन्दरीजल आएको थियो ।
प्रतिक्रिया