दक्षिण कोरियामा रोजगारी वृद्धि

बुधबार, ३१ बैशाख २०८२, १६ : २५

काठमाडौं- दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्यांकले जनाएको छ ।

तथ्यांक कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको संख्या एक लाख ९४ हजार अर्थात ०.७ प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको ।

समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको संख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो संख्या ९३ हजारले बढेको छ । १५–२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ ।

गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ । यो सन् २०१९ फेब्रुअरीपछि छ वर्षभन्दा बढीमा सबैभन्दा कम हो र लगातार १०औं महिनामा गिरावटको प्रवृत्ति रहेको छ । निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ । यो लगातार १२औं र १४औं महिनामा घट्दै गएको छ ।

स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको संख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ ।

अप्रिलमा बेरोजगारको संख्या आठ लाख ५४ हजार थियो । यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो । बेरोजगारी दर ०.१ प्रतिशतले घटेर २.९ प्रतिशतमा झरेको छ । -रासस
 

बुधबार, ३१ बैशाख २०८२, १६ : २५

प्रतिक्रिया