अर्थ मन्त्रालय भन्यो : सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र हुन्छ

१ बर्ष अगाडि

काठमाडौं - अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । 

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न र अर्थमन्त्री शर्मा राजीनामा दिन माग गरेको थियो । 

उपभोक्ता हित संरक्षण मञ्चले गत २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हकअन्तर्गत निवेदन दिएको थियो । 

अर्थ मन्त्रालयले आइतबार मञ्चलाई पत्र पठाउँदै सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने जबाफ दिएको छ । ‘सीसीटिभी फुटेजको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जानेछ’, पत्रमा भनिएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया