डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले बुधबार पनि बढेर नयाँ उचाइ छोएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२७ रुपैयाँ ३० पैसा खर्च गर्नु पर्ने भएको छ ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । ती दुइ मुलुकको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
प्रतिक्रिया