सानिमा बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने

१ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । 

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

सानिमा बैंकको १२७ कार्यालय र १२० वटा एटिएम् संचालनमा रहेका छन् ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया