नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, योग्यता कक्षा आठ पास

१ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ । 

इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।

बैंकले पिपा पदका लागि कुल १६ जना कर्मचारीको माग गरेको छ । साथै हल्का सवारी चालक १४ जना र बस चालक भने ७ जना कर्मचारीको माग गरेको हो । 

बैंकका केन्द्रिय कार्यालय तथा देशका विभिन्न स्थानमा रहेको बैंकको शाखाका लागि एकै पटक करारमा ३७ जना कर्मचारीको माग गरेको हो ।

यी पदमा दरखास्त दिनका लागि शैक्षिक योग्यता भने कक्षा आठ पास हुनुपर्ने बैंकले जनाएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया