एकैदिन १४ अर्ब थपियो निक्षेप, कर्जा लगानी स्थिर

१ बर्ष अगाडि

काठमाडौं -  बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात९सीडी रेसियो० समेत घटिरहेको छ । 

मंगलबार बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जसमध्ये १३ अर्ब रुपैयाँ वाणिज्य बैंकमा निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थामा १ अर्ब थप भएको छ । 

सोमबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । मंगलबार एकैदिन १४ अर्ब थपिएसँगै प्रणालीमा निक्षेपको कुल आकार बढेर ५० खर्ब ४७ अर्ब पुगेको छ । 

मंगलबार अघिल्लो दिनको तुलनामा बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ भने वाणिज्य बैंकको कर्जा लगानी भने १ अर्बले बढेको छ । 

निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको मंगलबारसम्मको सीडी रेसियो पनि ८८.३५ प्रतिशतमा सीमित बन्न पुगेको छ । सोमबारसम्मको सीडी रेसियो ८८.५८ प्रतिशत थियो । त्यसको अघिल्लो दिन ८८.६३ प्रतिशतमा थियो । 

मंगलबार बैंकहरुको अन्तर बैंक ब्याजदर९बैंक दर० केही बढेको छ । सोमबार ६.९९ प्रतिशत रहेको बैंक दर बढेर ७.०१ प्रतिशत पुगेको हो । 

१ बर्ष अगाडि

प्रतिक्रिया