ग्लोबल आइएमई क्यापिटलको १२ करोड इकाई आवेदन दिने समय थप, कहिलेसम्म दिन सकिन्छ ?

आइतबार, २६ असार २०७९, ०७ : ११

काठमाडौं - ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईको लागि आवेदन दिने म्याद थप गरेको छ । 

उक्त योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १।५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३।५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो । 

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्ष अवधिको सो फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । 

यो एक बन्दमुखी योजना हो ।

आइतबार, २६ असार २०७९, ०७ : ११

प्रतिक्रिया