घरजग्गा धितो कर्जामा कडाइ : उपत्यकाभित्र सुरक्षणको अनुपात ३० प्रतिशत

शुक्रबार, ०६ साउन २०७९, १७ : ५२

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा धितो कर्जामा कडाइ गरिएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा धितो कर्जामा कडाइ गरेको हो। राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको छ।

अब काठमाडौं उपत्यकाभित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ। 

यसअघि काठमाडौंमा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत थियो।

शुक्रबार, ०६ साउन २०७९, १७ : ५२

प्रतिक्रिया