जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

बुधबार, ११ साउन २०७९, १५ : ४३

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बुटवलस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजका प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन्। 

यस सम्झौतापश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्नेछन्।

बुधबार, ११ साउन २०७९, १५ : ४३

प्रतिक्रिया