नगद लाभांशमा हट्यो ३० प्रतिशतको ‘क्याप’

१ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले नगद लाभांशमा ३० प्रतिशतको ‘क्याप हटाएको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २ वर्ष अघि लगाएको नगद लाभांशको क्याप हटाएको हो ।

राष्ट्र बैंकले २०७७/७८ को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो भने, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण नगर्न पाउने निर्देशन थियो । तर, बुधबार जारी परिपत्र अनुसार अब भने बैंक तथा वित्तीइ संस्थाले आव २०७८/७९ को खुद वितरण योग्य नाफाबाट क्षमताकै आधारमा नगद लाभांश वितरण गर्न पाउँछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया