सहकारी पहिचान सहितको कोप कार्ड सेवा सुरु

१ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय सहकारी बैंकले सहकारी पहिचान सहितको कोप कार्डको सेवा सुरु गरेको छ । स्मार्टच्वाइस टेक्नोलोजिज ९एससीटी०, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा उक्त सेवा शुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत सेवा दिँदै आएकोे छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुरयाउँदै आइरहेकोमा अब सहकारीमा पनि यो सेवा शुरु गरेको हो ।

अब सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ । विगत केही समय अगाडि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुरयाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याएको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने बैंकले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया