काठमाडौं -फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आकर्षक प्रगति गरेको छ । यो कम्पनीले खूद मुनाफामा ६५.६५ प्रतिशतको छलाङ हानेको छ भने अन्य सूचकमा पनि आकर्षक प्रगति गरेको छ ।
अघिल्लो वर्षको यही अवधिसम्म यो कम्पनीको खूद नाफामा ५३ करोड ३ लाख रुपैयाँमा सीमित रहेकोमा यो वर्ष बढेर ८४ करोड ५३ लाखको उचाईमा पुगेको हो । कम्पनीले १४ करोड बढी राइटब्याक गर्दा खूद नाफामा उछालको अवस्था देखिएको हो ।
फरवार्डको सञ्चालन मुनाफातर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८० करोड २८ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ ।
नियमित व्यवसाय वृद्धिमा समेत व्यवस्थापनले ध्यान दिंदा फरवार्डको खूद ब्याज आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोडको उचाईमा पुगेको छ ।
खूद मुनाफामा आएको उछालको सकारात्मक प्रभाव कम्पनीको प्रतिसेयर आम्दानीमा समेत देखिएको छ । फलस्वरुप अघिल्लो वर्ष ६०.४३ रुपैयाँमा सीमित इपीएसमा उछाल आई १००.११ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा फरवार्डले १० अर्ब ८ करोड सापटी लिई तथा ७ अर्ब ९५ करोड बढी निक्षेप संकलन गरी १९ अर्ब ८१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ८ अर्ब ६३ करोड सापटी लिई तथा ६ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको थियो ।
समीक्षा अवधिमा फरवार्डको कस्ट अफ फण्ड ९.६५ प्रतिशत, पीई रेसियो २३.८२ गुणा, प्रतिसेयर नेटवर्थ ३१८.८३ रुपैयाँ कायम भएको छ । यो संस्थाले ४० वटा जिल्लामा १५९ शाखामार्फत २ लाख ८७ हजार ग्राहकमाझ आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।