आशा लघुवित्तले माग्यो कर्मचारी, साउन २६ गतेभित्र दरखास्त दिनुपर्ने

१ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।

कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केहि संख्यामा तथा सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात साउन २६ गतेभित्र कम्पनीमा दरखास्त दिनुपर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया