महालक्ष्मी विकास बैंकको लाभांश क्षमता १४ प्रतिशत बढि, चुक्ता पूँजी कति ?

१ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमीटेडले गत आर्थिक वर्षमा ५८ करोड ६१ लाख वितरण योग्य मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असारमसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार हाल यो बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले १४ प्रतिशत भन्दा बढीको लाभांश क्षमता बनाएको छ । त्यसैले बैंकले नाफाबाट लगानीकर्तालाई १४ प्रतिशतभन्दा बढी लाभांश क्षमता बाँड्नसक्ने देखिएको छ ।

बैंकले खूद मुनाफातर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६६ करोडमा सीमित खूद नाफा बढाएर यो वर्ष ९५ करोड १९ लाख माथि पुर्याएको छ । नाफा बढेसँगै गत वर्ष १९।७५ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी बढेर २३.७३ रुपैयाँको उचाईमा पुगेको छ । 

महालक्ष्मी विकास बैंकले अघिल्लो वर्ष ९२ करोड ५४ लाखमा सीमित सञ्चालन मुनाफा बढाएर १ अर्ब ३४ करोड पुर्याएको छ भने १ अर्ब ६० करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर १ अर्ब ८९ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३७ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ५ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म ३८ अर्ब ६८ करोड बढी निक्षेप संकलन गरी ३० अर्ब ३५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म १ अर्ब ५३ करोडमा सीमित रिजर्भको आकार बढेर १ अर्ब ८२ करोड पुगेको छ भने २।८० प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.४३ प्रतिशतमा सीमित गर्ने सफलता पनि व्यवस्थापनले पाएको देखिएको छ । 

समीक्षा अवधिमा यो बैंकको कस्ट अफ फण्ड ८.७३ प्रतिशत, आधार दर ११.११ प्रतिशत, पीई रेसियो १५.९३ गुणा, प्रतिसेयर नेटवर्थ १६०.०९ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल १.७४ प्रतिशत कायम भएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया