एक वर्षमा वाणिज्य बैंकहरुले कमाए पौने एक खर्ब नाफा

१ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षमा २६ वाणिज्य बैंकहरुले पौने एक खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन । संचालनमा रहेका २६ वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेका हुन्।

बैंकहरुको यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो बनेको छ । २६ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड नाफा कमाएकोे हो । बैंकले गत आर्थिक वर्षमा नाफा ३७ प्रतिशतले बढाएको हो ।

दोस्रो हुने ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । गत आवमा पाँच अर्ब बढी नाफा गर्नेमा राष्टिय वाणिज्य बैंक र ग्लोबल आईएमई मात्र रहेका छन ।

तेस्रोमा रहेको नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ । नबिलले एनबी बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया