नेशनल लाइफको  नयाँ बोनस दर सार्वजनिक, अधिकतम् ८५ रुपैयाँसम्म

शुक्रबार, ०३ भदौ २०७९, ११ : ०१

काठमाडौं,नेशनल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृत भएपछि आज नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

 सावधिक जीवन बीमा अन्तर्गत नौ अवधी वर्ष, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउनेछन् । त्यस्तै २१ देखि २५ वर्ष अवधीका बीमा पोलिसीले ७० रुपैयाँ प्रति हजार प्रति वर्ष पाउनेछन् भने २६ देखि २९ वर्ष अवधीमा बीमा पोलिसीले ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

सावधिकत तथा आजिवन बीमालेखहरुले नौ अवधी वर्ष, १० देखि १४ वर्ष अवधी तथा १५ देखि २० वर्ष अवधीका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउनेछन् । त्यस्तै, २१ देखि २५ बीमा पोलिसीले ७० रुपैयाँ बोनस पाउनेछन् भने २६ वर्षभन्दा माथिका सबै बीमा पोलिसीले ८५ रुपैयाँ पाउनेछन् ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखहरु नौ वर्ष अवधी तथा १० देखि १५ वर्ष अवधीमा बीमा पोलिसीहरुले समान ६३ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाउनेछन् भने १५ देखि १९ तथा २० देखि २५ वर्ष अवधीमा अग्रिम भुक्तानी बीमा पोलिसीहरुले ६४ रुपैयाँ बोनस पाउनेछन् ।

शुक्रबार, ०३ भदौ २०७९, ११ : ०१

प्रतिक्रिया