सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालीरिका होटेलमा १५ देखि २० प्रतिशतसम्मको छुट

आइतबार, ०५ भदौ २०७९, १५ : ५३

काठमाडौं, सिद्धार्थ बैंक लिमिटेड र विराटचोकस्थित नेपालीरिका होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा नेपालीरिका होटेलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटेलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङमार्पmत होटेल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ। 

आइतबार, ०५ भदौ २०७९, १५ : ५३

प्रतिक्रिया