महिला फूटबलमा भारतविरुद्ध नेपालको पहिलो जित

मंगलबार, २९ माघ २०७५, १० : ५१


काठमाडौँ – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फूटबल टोलीले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।

सोमबार सम्पन्न भएको उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्। महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक  हो।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो।

भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले पहिलो गोल गरेकी थिइन्।

मंगलबार, २९ माघ २०७५, १० : ५१

प्रतिक्रिया