लेखापरिक्षण नियुत्ति र पारिश्रमिक तोक्न हिमालयन क्यापिटलले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - हिमालयन क्यापिटलले आफ्नो ५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्तिक १ गते हुने भएको हो । 

असोज ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्र्टड कार्यालय, त्रिदेवी मार्ग, ठमेल, वडा नं २७, का।म।पा। काठमाडौंमा बिहान ११ः०० बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्नेरगाभिने तथा प्राप्ति गर्नु पर्नेभएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु सभामा पशे गर्ने जनाएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया