राष्ट्र बैंकले जारी गर्ने १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल आज हुने

आइतबार, ०९ असोज २०७९, ०९ : ४६

काठमाडौं - नेपाल राष्ट्र बैंकले यही असोज ११ गते १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः पुस १२ गते र चैत १४ गते परिपक्व हुनेछन् । 

यी ट्रेजरी बिलको आज आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।


 

आइतबार, ०९ असोज २०७९, ०९ : ४६

प्रतिक्रिया