काठमाडौं - डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति सम्बन्धि सम्झौता भएको छ ।
असोज १४ गते एक कार्यक्रमकाबीच डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन समेत भएको कम्पनीले जनाएको छ ।
बासुप्रसाद उपाध्याय संयोजक रहेको उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेका छन् ।
प्रतिक्रिया