यस वर्षको अन्त्यसम्ममा ९ लाख बढी पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

१ बर्ष अगाडि

एजेन्सी - श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरण ९एसएलटीडीए० ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार ४७५ पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए ।

श्रीलङ्काका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए तापनि सेप्टेम्बरमा मात्र २९ हजार ८०२ विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक सङ्कट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ ।

पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया