हिमाल आरोहणबाट ६ करोड ५९ लाख ९३ हजार बढि राजस्व संकलन

१ बर्ष अगाडि

काठमाडौं - सन् २०२२ को अक्टोबर ९ सम्म ७ सय ८५ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् । आरोहणकर्ताबाट सरकारले ५ लाख १६ हजार ४ सय ५० डलर अर्थात ६ करोड ५९ लाख ९३ हजार ५ सय २४ रुपैयाँ संकलन गरेका हुन । सरकारले नेपालमा रहेका विभिन्न ३१ वटा हिमाल आरोहण गर्न विदेशीहरुलाई अनुमति दिएको हो ।

अनुमति पाएका आरोहीमध्ये सबैभन्दा धेरैले ८ हजार १ सय ६३ मिटर उचाईको मनासलु हिमाल चढ्न ४ सय ४ जनाले अनुमति पाएका छन् । ७ हजार १ सय २६ मिटर उचाईको हिमलुङ हिमाल चढ्न १ सय ३१ जनाले अनुमति लिएका छन् । त्यसैगरी ६ हजार ८ सय १४ मिटर अग्लो अमादब्लम हिमाल चढ्न ५६ जना र ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी हिमाल चढ्न ३४ जनाले अनुमति लिएका छन् ।

८ हजार भन्दा माथिका हिमालमध्ये धवलागिरी, छो–ओ–यु र सगरमाथा गरी ३ वटा हिमाल चढ्न मात्रै पर्वतारोहीले अनुमति लिएका छन् । यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न ५ जनाले अनुमति पाएका छन् भने छो–ओ–यु हिमाल चढ्न भने ११ जनाले अनुमति लिएका छन् ।

सन् २०२२ मा ६७ देशका पर्वतारोहीले नेपालको हिमाल आरोहण गर्न अनुमति पाएका छन् । सबैभन्दा बढी अमेरिकाको ६९ जना, त्यसपछि फ्रान्सको ६२ जना, तेस्रोमा बेलायतको ५५ जना, जर्मनीका ५३ जना, स्पेनका ४९ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया