५ वर्षभन्दा पुरानो नगद लाभांश लिन आउन सेयरधनीहरुलाई सिभिल बैंकको आग्रह

बुधबार, २६ असोज २०७९, ११ : ४८

काठमाडौं - सिभिल बैंकले ५ वर्षभन्दा पुरानो नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो । 

सिभिल बैंक (साबिक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स) का केही सेयरधनीहरुको विगत ५ वर्षभन्दा पहिलादेखिको नगद लाभांश संकलन गर्न बाँकी रहेको सूचनामा उल्लेख छ। उक्त लाभांश बैंकको सेयर रजिस्ट्रार सिभिल क्यापिटल मार्केटको काठमाण्डौको सुन्धारास्थित कार्यालयमा सम्पर्क भुक्तानी लिन बैंकले आग्रह गरेको छ । 

यो सूचना प्रकाशित भएको मितिले ३० दिनसम्म भुक्तानी नभएको नगद लाभांश कम्पनी ऐन, २०६३ को दफा १८३ (६) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नका लागि प्रक्रिया अगाडि बढाइने पनि बैंकले स्पष्ट पारेको छ । 

बुधबार, २६ असोज २०७९, ११ : ४८

प्रतिक्रिया