शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

विहीबार, ०८ मंसिर २०७९, १० : ३०

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

विहीबार, ०८ मंसिर २०७९, १० : ३०

प्रतिक्रिया